मुख्यमन्त्री राईको पद जोगाउन काँग्रेसको  निर्णायक भूमिका ,शेरधनविरुद्ध नेकपाका ३७ सांसद पक्षमा ३०

मुख्यमन्त्री राईको पद जोगाउन काँग्रेसको निर्णायक भूमिका ,शेरधनविरुद्ध नेकपाका ३७ सांसद पक्षमा ३०

काठमाडौं। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनको पद धरापमा परेको छ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा प्रचण्डमाधव समूहका ३७ सांसदको हस्ताक्षर रहेको छ।केन्द्रमा दुई गुट हुँदै उब्जिएको नेकपाको विवाद बागमती प्रदेश हुँदै प्रदेश १ सम्म पुगेको छ। ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सदस्य छन्।

भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै आइतबार बिहान दर्ता भएको अविश्वास प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।अविश्वास प्रस्ताव पार्टी विभाजनको कारण ल्याइएपनि प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्तावमा भने प्रदेश सरकारले तीन वर्षसम्म प्रदेशको नामाकरण गर्न नसकेको, जनताको हितका प्रभावकारी काम नभएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, सरकारको काम कारवाहीले प्रदेश सरकारको औचित्यमाथिनै गम्भीर प्रश्न उठेको लगायतका आरोप लगाइएको छ ।

मुख्यमन्त्री राईको पद जोगाउनमा काँग्रेसको भूमिका निर्णायक बन्नसक्ने देखिएको छ। नेकपाका ६७ मध्ये पूर्वएमालेका ५१ र पूर्व माओवादीका १६ सदस्य छन्। प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा प्रचण्डमाधव समूहका ३७ सांसदको हस्ताक्षर रहेको छ।बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। मुख्यमन्त्री राईलाई काँग्रेसका २१ सदस्यले साथ दिएमा राईको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ।

Share This
  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares