September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

कोरोना संक्रमण बढ्यो- निको हुने भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी

आज पनि कोरोना सङ्क्रमणमुक्त हुने भन्दा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढी भएको छ । हिजो (मङ्गलवार) पनि नयाँ थपिने सङ्क्रमितको सङ्ख्या बढी भएको थियो ।

Advertisement

पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार आठ सय ३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार नौ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९० हजार नौ सय ७४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार तीन सय २७ जना पुगेको छ ।

यस्तै थप २८ जनाको कोरोनाबाट ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ९१ जना पुगेको छ । अहिले नेपालमा २३ हजार सात सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अझै पनि नौ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा पाँच सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।