कोरोना विरुद्धको भ्याक्सिन लगाएकी नर्सलाई कोरोना पोजेटिभ

कोरोना विरुद्धको भ्याक्सिन लगाएकी नर्सलाई कोरोना पोजेटिभ

एजेन्सी। अमेरिकामा फाइजरको भ्याक्सिन लगाएको केही दिन भित्रै एक जना नर्सलाई कोरोना पोजेटिभ भएको बतायिएको छ।

उनले १८ डिसेम्बरमा कोरोना विरुद्धको भ्याक्सिन लगाएकी थिइन्। भ्याक्सिन लगाएको ६ दिनपछि उनमा कोरानाको लक्षण देखिएको बतायिएको छ।

एबीसी न्यूजका अनुसार अमेरिकाको स्यान डियागोकी नर्स म्याथ्यू डब्ल्यूले भ्याक्सिन लगाएपछि उनका हल्का साइड इफेक्ट देखिएको र सुरुमा उनको हात दुखेको बताएकि थीइन ।

कोरोना वार्डमा काम गर्ने उनलाई भ्याक्सिन लगाएको ६ दिनपछि कोरोनको लक्षण देखिएको थियो। पछि कोरोना टेस्ट गराउँदा उनमा पोजेटिभ देखिएको बतायिएको छ। विज्ञहरुका अनुसार भ्याक्सिन लगाएको कोही दिनभित्र कोरोना पोजेटिभ देखिनु अप्रत्यासित होइन।

अमेरिकाको स्यान डियागोका संक्रामक रोग विशेषज्ञ क्रिस्टियन ट्रायलका अनुसार भ्याक्सिन लगाएको दश देखि १४ दिनपछि मात्रै मानिसमा इम्युनिटी तयार हुन्छ। पूरा सुरक्षाका लागि दोस्रो खोप पनि लगाउनुपर्छ।नर्सलाई भ्याक्सिन लगाउनु पहिला नै कोरोना पोजेटिभ भएको हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •