नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण, ६ जना को मृत्‍यु

नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण, ६ जना को मृत्‍यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार४ सय ९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८२५ पुगेको छ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares