November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ ।

Advertisement

शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् । इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ । दुवै खेल राति १२ स् ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् । दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

खेल तालिका :

बुधबार राति १२:४५ बजे – इटालीविरुद्ध स्पेन

बिहीबार राति १२:४५ बजे – डेनमार्कविरुद्ध इंग्ल्यान्ड