विश्वले नरसंहारको आलोचना गरिरहँदा म्यानमारको सैनिक नेतृत्त्व के गर्दै थियो ?

विश्वले नरसंहारको आलोचना गरिरहँदा म्यानमारको सैनिक नेतृत्त्व के गर्दै थियो ?

म्यान्मारमा कूविरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ, १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूले ‘आतङ्कको शासन’ गरेको आरोप लगाएको छ । शनिबार, म्यान्मारमा भएको सैन्य कूयताकै, सबैभन्दा हिंसात्मक दिन बनेको छ ।

कू नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए ।

आइतबार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जलि कार्यक्रममा सेनाले हस्तक्षेप गरेका विवरण आएका छन् । गत फेब्रुअरी १ तारिखयता भएका विरोध प्रदर्शनका क्रममा चार सयभन्दा बढी व्यक्ति मारिएका छन् ।

आमनिर्वाचनमा नेत्री आङ्ग सान सूचीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ ?

यूकेसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका छन् । संयुक्त राज्य अमेरिका, जापान र अस्ट्रेलिया पनि वक्तव्यमा हस्ताक्षर गर्ने सूचीमा छन् ।

वक्तव्यमा भनिएको छः ‘व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्छ र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्‍याउन नभई सुरक्षा दिन जिम्मेवार हुन्छ ।’

शनिबार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए । व्यापारिक केन्द्रको रूपमा रहेको याङ्गुनमा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो । अमेरिकाले हत्याका खबरबाट आफू ूस्तब्धू भएको प्रतिक्रिया दिएको छ ।

‘सेनाले केहीको सेवा गर्न थुप्रैको ज्यान लिइरहेको’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले हिंसाका खबरबाट ‘पूरै स्तब्ध’ भएको बताएका छन् भने ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यहाँको अवस्था ‘न्यून बिन्दु’मा पुगेको प्रतिक्रिया दिएका छन् ।

बीबीसी

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares