स्वेज नहरमा फसेको जहाजलाई किनाराबाट हटाइयो

स्वेज नहरमा फसेको जहाजलाई किनाराबाट हटाइयो

एक हप्तादेखि स्वेज नहरमा फसेको कन्टेनरलाई जहाजको किनाराबाट हटाइएको अधिकारीले जानकारी दिएका छन् ।

स्वेज नहर प्राधिकरणका अनुसार ४ सय मिटर लामो ‘एवर गिवेन’ जहाजको दिशालाई ८० प्रतिशतसम्म मिलाइसकिएको छ ।

प्राधिकरणका अनुसार जहाज हटाउने काम सोमबारदेखि पुनः सुरु गरिनेछ ।

‘एवर गिवेन’ ले संसारको सबैभन्दा व्यस्त व्यापारिक मार्गमध्ये एकमा अवरोध निम्त्याएको थियो जसका कारण अन्य जहाज फिर्ता हुनुपर्यो र लामो जाम भयो ।

फसेको जहाजलाई निकाल्न पाइएको सफलतापछि केही घण्टाभित्र जाम खुल्न सक्ने आशा गरिएको छ । यो जलमार्गबाट दैनिक करिब ९.६ अर्ब डलरको सामान ढुवानी हुने गर्छ ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares