बाहिरियो ट्रम्पको एक घन्टा लामो फोन वार्ता, फोन गरेर ११७८० भोट मागे

बाहिरियो ट्रम्पको एक घन्टा लामो फोन वार्ता, फोन गरेर ११७८० भोट मागे

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्वर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको मतपरिणामलाई प्रभाव पार्न अन्तिम समयसम्म पनि प्रयास गरेको खुलेको छ।

वासिङ्टन पोष्ट समाचार पत्रले ट्रम्पले गत शनिबार जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई गरेको एक घन्टा लामो फोन वार्ता सार्वजनिक गरेको छ। ट्रम्पले जार्जिया प्रान्तका निर्वाचन गराउने शिर्ष व्यक्तिलाई फोन गरेर आफूले जित्नसक्ने भोटको व्यवस्था गर्न भनेका थिए।

जवाफमा उक्त अधिकारीले जर्जियाको नतिजा सही रहेको बताएका छन्। रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफेन्सपर्जरसँग राष्टपति ट्रम्पले भने, ‘ बस म ११ हजार ७ सय ८० भोट चाहान्छु। जसरी पनि व्यवस्था गर्नु।’

जर्जिया यसअघि रिपब्लिकनहरूले जित्दै आएको राज्य हो। सन् १९९२ पछि यसपालि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पहिलो पटक उक्त राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छन्। अमेरिकामा डेमोक्रेटबाट उमेदवारी दिएका बाइडेनले राष्ट्रपतिको चुनावमा जर्जिया प्रान्मा जित हासिल गरेका थिए उनले जम्मा ३ सय ६ इलेक्ट्रोरल भोट प्राप्त गरेका थिए। जसमा ट्रम्पलाई २ सय ३२ भोट भिलेको थियो।

चुनाव हारेपछि राष्ट्रपति ट्रमले चुनावमा धाँदली भएको बताउँदै आएका छन्। तर अहिलेसम्म कुनै पनि प्रमाण पेश गर्न भने सकेका छैनन्। अमेरिकाका सबै प्रान्तको मतपरिणाम आइसकेको छ। कुनै कुनै राज्यमा भने पुनः मतगणना समेत भएको थियो।

अमेरिकाको अदालतले जो बाइडेनको जित विरुद्ध परेका ६० भन्दा बढी रिटहरु खारेज गरेको छ। अमेरिकी कांग्रेसले ६ जनवरीमा निर्वाचनको नतिजा स्वीकार गर्ने छ। बुधबार राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुँदैछ। राष्ट्रपति निर्वाचित बाइडेनले २० जनवरीमा सपथ लिनेछन्।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares