January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

चर्चित र्‍यापर लाहुरे पक्राउ

काठमाडौं । लाहुरेको नामले चिनिने र्‍यापर आशिष राना मगर ब्राउन सुगर (खैरो हिरोइन)को केसमा समातिएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई ब्राउन सुगरसहित पोखराबाट पक्राउ गरेको हो।

लामो समयदेखि र्याप गीत गाउँदै आएका लाहुरे र बार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका थिए। उनका ’मेरो सोल्टा’, ’नेपहपको बाटो’, ’चुप’ लाग लगायतका गीत चर्चित छन्।

उनले ताण्डव फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement