January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन्।

Advertisement

सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन्।

उनले प्रतिवेदनमा भनेका छन्, ’एमसीसी परियोजना परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथ स्थितिमा कुनै हालतमा पारित गरिने छैन।

त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका छन्। त्यस्तै दाहालले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन्।

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन्।