January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

दास हत्या प्रकरणः गाउँपालिकासँगको सहमतिपछि शव उठाउन पीडित परिवारबीच सहमत

कैलाली । कैलालीमा ९ दिनअघि टाउको छिनालेको अवस्थामा मृत भेटिएका अर्जुन दासको शव उठाउन पीडित परिवार सहमत भएको छ । जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको ३ पुसमा हत्या भएको थियो ।

गाउँपालिकाले तत्काल क्रिया खर्चका लागि २५ हजार रुपैयाँ दिने, दोषीलाई कारबाही गर्ने, मृतककी छोरीलाई उच्च शिक्षासम्म पढाउने जिम्मा गाउँपालिकाले लिने र परिवारको एक जनालाई रोजगारी दिन प्रदेश सरकारसँग अनुरोध गर्ने सहमति बनेपछि परिवार शव उठाउन राजी भएको हो ।

यसका साथै मृतकको सालिक बनाउन सम्बन्धित निकायसँग समन्वय गर्न पनि गाउँपालिकाले सहमति जनाएको छ । मृतक दासको नाममा सामुदायिक वनको नामकरण र शहीद घोषणाको मागमा भने गाउँपालिकाले क्षेत्राधिकार नभएको भन्दै सहमति जनाएन ।

Advertisement