January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

अश्लील भिडिओ राख्ने युट्युवर पक्राउ

काठमाडौं । प्रहरीले युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेको अभियोगमा एक जना युट्युवरलाई पक्राउ गरेको छ। भिडिओमार्फत अश्लीलता फैल्याएको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले बागलुङको निसिखोला गाउँपालिका-१ घर भइ अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरी हिरासतमा राखिएको साइबर ब्यूरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले बताएका छन्। मल्ललाई अदालतको अनुमतिमा ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको पनि उनले बताएका छन् । मल्लले प्र्याङकका नाममा विवादित भिडिओ युट्युबमा हाल्दै आएका थिए।

Advertisement