January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

सिके राउतको कार्यकर्ताद्वारा सवारीसाधन तोडफोड

काठमाडौं । सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीले सवारीसाधन तोडफोड गरेका छन् । सिरहा बन्द घोषणा गरेको जनमत पार्टीका कार्यकर्ताले आइतबार निजी गाडी तोडफोड गरेका हुन् ।

उनिहरुले मिर्चैयामा गुडिरहेका सवारी साधनको सिसा फुटाएका छन् । सिरहाको औरहीमा अनुदानमा आएको गहुँ वितरणमा अनियमितता भएको भन्दै हड्ताल गरिएको उक्त पार्टीले जनाएको छ ।

अनुदानको गहुँ वितरणमा विवाद हुँदा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई रिहा गर्न माग गरिएको छ ।

Advertisement