January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप शुक्रबार नेपाल आइपुगेको छ । कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार नेपाल आइपुगेको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ । नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा  लगाई सकिएको छ ।

जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन् । त्यसैगरि  पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ ।

गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन् । केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ ।

हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ ।