January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

नेपालमा थप २९३ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement