January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

कांग्रेस प्रदेश नं २ को अधिवेशन : पाँच जना निर्विरोध निर्वाचित

प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध हुनुभएको हो । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध हुनुभयो ।

महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त पदमा उम्मेदवारी दिनुभएको रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङ्नी निर्विरोध निर्वाचित हुनुभएको हो ।

Advertisement