January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

अन्तरजातीय विवाहपछि बेपत्ता युवक सकुशल भेटिए

काठमाडौं। अन्तरजातीय युवतीसँग विवाह गरेका कारण माइतीपक्षको कुटपिटपछि बेपत्ता भएको भनिएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

Advertisement

हप्ता दिनदेखि हराइरहेका उनी हुम्लाको खार्पुनाथ गाउँपालिकामा भेटिएका हुन् । कामीले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षले निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरेको र त्यसपछि बेपत्ता भएको बताइएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिकाकी मल्ल थरकी युवतीसँग विवाह गरेको भन्दै निर्घात कुटपिट गरिएको थियो ।

प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।