September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

प्रधानमन्त्रीको पद मुक्त पछी पहिलोपटक ओली सिंहदरबारमा

नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् । ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् । संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

 

Advertisement