September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ, बालबालिका बढी जोखिममा: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् । साथै मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ । कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले बताएको छ।

Advertisement