September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

मक्कामा पहिलोपटक सुरक्षाकर्मी महिलाले सुरक्षा दिदै

इस्लाम धर्माबलम्बीको पवित्र स्थल सऊदी अरबको मक्कामा पहिलो पटक सुरक्षाकर्मी महिलालाई परिचालन गरिएको छ । महिला सशक्तीकरणको दिशामा सऊदी अरब सरकारको उक्त कदम प्रगतिशील रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । डोइचु भेलाका अनुसार मक्कास्थित इस्लाम धर्माबलम्बीको पवित्र स्थल तथा तीर्थयात्रुको सुरक्षाका लागि सुरक्षाकर्मी महिला परिचालन गरिएका छन् । खैरो रङ्गको पहिरनमा घुँडासम्मको ज्याकेट तथा कपाल ढाक्ने टोपीमा उभिएको दर्जनौं सुरक्षाकर्मी महिला परिचालन गरिएको देखिएको छ ।

अलजजिराका अनुसार मक्कामा आईतबार खोप लगाएका दश हजार तीर्थयात्री जमा भएका थिए । सबैले सामाजिक दूरी कायम गरेका थिए । वार्षिक रुपमा लाग्ने हज यात्रामा विश्वभरिबाट कम्तिमा २५ लाख तीथार्लु जमा हुँदै आएका छन् । तर कोभिड १९ को महामारीले गएको वर्षदेखि तीथार्लुको संख्यामा भारी कटौती गरिएको छ । यसवर्ष खोप लगाएका सऊदी अरबका ६० हजार नागरिकलाई मात्रै हज गर्ने अनुमति दिइएको छ । गत् वर्ष मात्र एक हजार तीथार्लुले हज गर्न पाएका थिए ।

Advertisement