September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

बैंकहरुको नयाँ ब्याजदर- अधिकांशले घटाए ऋणको ब्याजदर

साउन १ गतेदेखि बाणिज्य बैंकहरुले लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरिएको छ । सार्वजनिक गरेको ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको छ ।

Advertisement

नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताएका छन् । उनका अनुसार यसै वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको छ ।

बैंक तथा वित्तिय संस्थामा हाल ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी रहेको छ । बाणिज्य बैंकहरुको मात्रै ४१ ख्र्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।

बाणिज्य बैंकहरुको मात्र ३७ खर्ब ५ अर्ब रहेको छ । बैंकहरुको नयाँ ब्याजदर यस्तो रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३।०१% तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७।३८% छ । यसमा न्यूनतम १।५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १।५१% देखि अधिकतम ३।५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६।५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५।०१% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५।७१% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८।४९% देखि ११।५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५।५०% देखि ७।२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६।५०% सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५।५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमाण्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २।५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६।५६% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २।५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०% र न्यूनतम ७।२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९।८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।९९% देखि अधिकतम १२।९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७।०१% ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६।४०% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९।९९% देखि १०।९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २।५% देखि अधिकतम ४।५% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७।५% ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८।९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३।१५% र अधिकतम ५।१५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।६५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७।५१% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०।५०% देखि १३% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७।३८% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११।४९% देखि १२।९९% ब्याज दर निर्धारण गरेको जनाएको छ । एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २।५०% र अधिकतम ४।५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०% र न्यूनतम ६।५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

एनआइसी एसिया बैंक

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २।५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७।५६% सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६।७४% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २।५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६% तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५।८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७।६५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७।४०% छ । बैंकले न्यूनतम १०।५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा न्यूनतम २।२५% देखि अधिकतम ३।५०% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७।२५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७।०१% छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५% र अधिकतम ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६।७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३।५०% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।५०% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७।४८% छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २।०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७।०५% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७।०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९।८९% देखि अधिकतम १२।२४% ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २।५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७।५०% ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६।७२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०।५०% देखि अधिकतम १३।५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २।५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५।९८% छ । यसमा १।५०% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९।३५% देखि १३।९३% सम्म छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६।५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७।०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९।९९% देखि अधिकतम ११।९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २।५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको जेठ महिनामा आधार दर ६।६९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८।४९% देखि अधिकतम ११।४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २।७६% र अधिकतम ४।५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७।७६% र न्यूनतम ७।५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१४% रहेको छ । यसमा अधिकतम ६।९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।