October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

रानी शाक्य र सम्राट चौलागाईको डान्सिङ गीत कुमाल किरिमको रिलिज ( भिडियो )

लोकप्रिय गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ुकमाल किरिमकोु लिएर प्रस्तुत भएकी छिन । बाबुल गिरीको संगीत रहेको गीतको गायनमा रानी शाक्यलाई अर्का चर्चित गायक सम्राट चौलागाईले साथ दिएका छन । सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन र प्रथम छेत्रीको निर्देशन रहेको छ।

Advertisement

 

भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल ९च्बलष् क्जबपथब० बाट सार्वजनिक गरिएको हो । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।