September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

मोटरसाईकलमाथि बसेकै अवस्थामा शव भेटियो,हत्याको आशंका

विराटनगर ५ बिजुली अफिसअगाडि एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राति ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । प्रहरी कार्यालय विराटनगर वडा (क) का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको थियो ।

विराटनगर–५ बिजुली अफिसअगाडि मोटरसाइकलमा बसिरहेजस्तो देखिने तर, मृत्यु भइसकेका सुदर्शन न्यौपानको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा आज राती ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका थिए ।मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरे । ‘मृतकको शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा छ ।

मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुगेका थिए ।

Advertisement