October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

अमेरिकी खोपको पहिलो मात्रा आजदेखि

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अभियान आजदेखि सुरु हुने भएको छ । यो खोप एक पटक लगाए मात्रै पनि पुग्ने जनाइएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जनाएका छन्।

५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई र पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई यो खोप दिइँदै छ ।

अहिले बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुन लागेको हो । खोप कार्यक्रम नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतमा गरिने छ ।