September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

पाल्पामा पहिरोले ६ घर बगायो, एक जनाको मृत्यु, एक जना बेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

उक्त घटनामा सात जना घाइते छन् । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।

Advertisement