October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई पराजित गरी अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

Advertisement

उपाधिका लागि उसले ब्राजिलसँग खेल्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।