बसपार्कको टिकट बाँड्ने हैसियत पनि छैन माधव नेपालको- प्रधानमन्त्री ओली

बसपार्कको टिकट बाँड्ने हैसियत पनि छैन माधव नेपालको- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल लाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाल लाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलिले भने ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’नेपाललाई पार्टीको सदस्यबाट निश्कासन नगरी निलम्वन मात्र गरिएको बताए ।

ओलीले विगतका अपराधप्रति पश्चाताप गर्दै जनतासमक्ष उभिएर माफी मागेमा माधव नेपाललाई एमालेमा काम गर्न दिइने बताए । प्रचण्डसँग मिलेर आफूहरुलाई निष्कासन गरेको शैली माधव नेपालले अहिले पनि कायमै राखेको भन्दै ओलीले पार्टीमाथि धावा बोले ठीक लगाउने चेतावनी दिए ।

तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उनले बताए । आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले अघि भने, ‘म सीमा हेरिरहेको छु ।’

उनले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने। बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु। तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।’

उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे ।

उनले भने, ‘प्यादाले मन्त्री खान्छ चेसमा। भुसुनाले लामखुट्टेले हात्ती खान्छ। उपियाँले मान्छे खान्छ। कति खान्छ ? तिनीहरूले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो। उपियाँले मान्छे खाएजस्तो। किर्नाले भैंसी खाँदैन। किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन? यिनीहरूले गरेको हामीलाई कारबाही त्यस्तै हो। किर्नाले भैंसी खाएजस्तै। किर्नाले भैंसी खाने ? मनको यिनको रहर हो।

माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्दै हिँडेको टिप्पणी गरे । तत्कालीन नेकपामा निष्कासन गरेजस्तै एमालेको नाममा एमालेकै नेताहरूलाई हटाएको घोषणा गर्दै हिँडेको आफूले नियालिरहेको ओलीले बताए ।

ओलीले भने, ‘एमाले बलियो बनाउने भन्दै जिल्ला-जिल्लामा अर्को पार्टी बनाउँदै हिँडेका छन् । मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अहिले फेरि चारजना साथीहरूलाई हटायौं भन्दैछन् रे । ठीक छ धित मार, निकाल्ने रहर पुर्‍याऊ । हामीले टाँसिदिएको जुँगा अलि दिनपछि हामी निकाल्दिन्छौं । एमाले बाहेक सबैसँग मिल्ने भनेर हिँडेका छन्, यो मौका आउँदैन जे गर्ने हो गरे हुन्छ ।

माधव नेपालले आफूलाई समर्थन गर्नेहरुलाई आउने चुनावमा टिकट पक्का भन्दै हिँडेकोमा ओलीले बसपार्कको टिकट बाँड्ने हैसियत पनि नेपालसँग नरहेको बताए ।

उनले भने, ‘एउटा हल्ला छ,केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस म दिन्छु । टिकट त बसपार्कमा फालाफाल छ त । त्यो पनि उहाँले सक्नुहुन्न । तर उहाँले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •