बाबुरामद्वारा काँग्रेस बैठकको निर्णयको प्रशंसा

बाबुरामद्वारा काँग्रेस बैठकको निर्णयको प्रशंसा

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउन अग्रसरता दिने काँग्रेसको निर्णय सह्रानीय भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहको भट्टराईले ट्वीटमार्फत प्रतिपक्षीय धर्म निभाउने काँग्रेसको संकेत सह्रानीय भएको बताए ।

‘अन्ततः प्रमुख प्रतिपक्षी काँग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सर्हानीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,’ उनको ट्वीटरमा उल्लेख छ ।

यस्तै, भट्टराईले आआफ्ना दलका फरक एजेण्डा भए प्रधानमन्त्रीबाट ओलीको विदाइ मुख्य प्रथमिकतका भएको बताए ।

आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है, उनले भने ।

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधनको विषय सत्ता सहकार्यको सर्त बनाएका बेला भट्टराईको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा जसपामा दुई धार छ ।

अध्यक्ष उपेन्द्र यादव र भट्टराई ओलीको विकल्पमा जोड दिइरहेका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफ्ना माग सम्बोधन भए ओलीसँग सहकार्य गर्न तयार देखिन्छ । काँग्रेसको निर्णयपछि अब जसपाले पनि विपक्षी पार्टीका रुपमा ओलीको विकल्पमा उभिने संस्थागत निर्णय लिनुपर्ने भट्टराईको भनाइ छ ।

Facebook Comments Box
Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares