प्रधानमन्त्रीले स्वीच थिचेर एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

प्रधानमन्त्रीले स्वीच थिचेर एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

काठमाडौं । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ । संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । शिलान्यास ‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

Facebook Comments Box
Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares