आगामी तीन वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौ आउने: प्रधानमन्त्री ओली

आगामी तीन वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौ आउने: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताउनुभएको छ । उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी वि.सं. २०८१ साल सम्ममा दुई नदीको पानी काठमाडौ आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्रालयलाई यसै अनुसार काम अगाडि बढाउन निर्देशन समेत दिनुभयो ।

राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानी औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा भएका प्रयासका सन्दर्भममा पनि आफ्नो धारणा राख्नुभएको छ ।उहाँले पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगती गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्कोसँग नबाँझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री औलीले आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताउनुभयो । यससँगै प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएकै कारण देशमा विभिन्न अन्यौलता उत्पन्न भएको अवस्थामा सरकारलाई फेरि पनि काम गर्न नदिन विभिन्न बाधाहरु उत्पन्न भएको बताउनुभयो ।

Facebook Comments Box
Share This
  • 78
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares