देशभर समानान्तर संगठन विस्तार गर्ने माधव पक्षको निर्णय

देशभर समानान्तर संगठन विस्तार गर्ने माधव पक्षको निर्णय

काठमाडौं । माधव नेपाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको ढाँचा परिवर्तन गर्ने निर्णय का साथै अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न प्रयास गरिरहेको निश्कर्ष निकालेको छ । त्यस्तै सो समूहले ओलीको उक्त कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भर्त्सना र निन्दा पनि गरेको नेता योगेश भट्टराईले बताए।

‘यो कारबाहीले केपी ओली नेकपा एमालेलाई विभाजन गर्न उद्यत हुनुहुन्छ भन्ने कुराको पुष्टि भएको छ’ बैठकपछि नेता भट्टराईले भने । ‘हाम्रा नेतालाई कारबाही गरेर ओलीले पार्टीलाई विभाजनतिर मोडेका छन्, ‘भट्टराईले भने, ‘हामीले आमकार्यकर्तालाई पार्टी एकताको पक्षमा दबाब दिन आग्रह गर्छौं ।’

त्यस्तै उनले केही दिनअघि आयोजित राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र प्राप्त सुझावमाथि बैठकमा छलफल भएको भन्दै त्यसलाई भोली बस्ने बैठकले अन्तिम रुप दिँदै प्रकाशन गरेर देशव्यापी वितरण गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।बैठकले पार्टीको बहुमत खनाल नेपाल पक्षमै रहेको निश्कर्ष समेत निकालेको छ । उक्त समुहको स्थायी कमिटी बैठक भोलि फेरि बस्दैछ ।

Facebook Comments Box
Share This
  • 367
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    367
    Shares