संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चले- प्रचण्ड

संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चले- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताउदै उनले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका छन् ।

शुक्रबार वामपन्थी नेता स्वर्गीय मणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनलाई उल्ट्याउँदै नेपाली समाजलाई फाँसीवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताएका हुन् ।

देशभित्र र बाहिरका शक्ति संवैधानिक निकायहरू समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए । उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने।

ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’कम्युनिस्ट आन्दोलनभित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरूको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैँमा ठूलो विडम्बना भएको छ,’ उनले भने ।

Facebook Comments Box
Share This
  • 334
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    334
    Shares