राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्नुभएको छ । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गर्नुभएको हो ।

मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार औपचारिक शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपस्थिति जनाउनुभएको छ।

शुक्रवार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेललगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।

काठमाण्डौको मीन भवन, अनामनगर, महङ्काल, खुमलटारको पानी ट्याङ्कीबाट पनि पानी वितरण भएको छ । शुक्रवारदेखि काठमाण्डौ उपत्यकामा दैनिक झण्डै आठ करोड लिटर खानेपानी वितरण गरिनेछ ।

Facebook Comments Box
Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares