राजधानीमा कोरोनासँगै अर्को महामारी फैलने त्रास बढ्यो

राजधानीमा कोरोनासँगै अर्को महामारी फैलने त्रास बढ्यो

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन चैत १३ गते देखि पूर्णरुपमा बन्द भएपछि सडक किनारामा फोहोरको थुप्रो देखिन थालेको छ । एकातिर सडकमा फोहोर, अर्कोतिर चर्को वायु प्रदुषण र गर्मी मौसम समेत शुरु भएकाले राजधानीमा कोरोनासँगै अर्को महामारी पनि फैलने त्रास बढेको छ ।

उपत्यकाको फोहोर उठाउने विषयमा नुवाकोटका सिसडोलवासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएको छ । हिजो भएको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सञ्चो नभएको भन्दै बैठक छाडेर हिँडेपछि वार्ता असफल भएको हो ।

सिसडोल क्षेत्र फोहोरमैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले मेयर शाक्यकै कारण आफूहरुका अधिकांश माग पूरा नहुने स्थितिमा रहेको र वार्तामा बस्दा समेत आफूहरुले अपमानित महशुस गरेको बताएका छन् ।

ढुंगानका अनुसार महानगर र मेयरले हेपाहा प्रवृति देखाएकाले फोहोर विसर्जनको निम्ति सिसडोलवासी सडक बन्द गर्ने निष्कर्षमा पुगेका छन् । सिसडोलवासीले काठमाडौंको अव्यवस्थित फोहोर विसर्जन हुँदा आफ्नो क्षेत्रको वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकाले यसअघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएको उनको दाबी छ ।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरवन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघिका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन् ।

Facebook Comments Box
Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares