मेलम्चीको सपना देख्‍ने किसुनजीलाई ओलीले बिर्से, राष्ट्रपति भण्डारीले सम्झिइन्

मेलम्चीको सपना देख्‍ने किसुनजीलाई ओलीले बिर्से, राष्ट्रपति भण्डारीले सम्झिइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको सपना देख्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’लाई सम्झेकी छन् । काठमाडौँमा आयोजित मेलम्ची खानेपानी आयोजनाको वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले किसुनजीलाई सम्झेकी हुन् ।

राष्ट्रपति भण्डारीअघि झण्डै आधा घण्टा कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने किसुनजीको नाम लिएनन् । राष्ट्रपति भण्डारीले भने सम्बोधनको सुरुमै मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गर्ने र सार्वजनिक कार्यक्रममै सिन्धुपाल्चोकबाट मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने प्रतिबद्धता पूर्वप्रधानमन्त्री भट्टराईले गरेको बताइन् ।

‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक कार्यक्रममै मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता जाहेर गरेपछि यो आयोजनाको विकास निर्माणको काम अघि बढेको हो’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यस आयोजनाका परिकल्पनाकारलाई धन्यवाद छ ।’ साथै राष्ट्रपति भण्डारीले मेलम्चीको खानेपानी काठमाडौँ आएपछि उपत्यकामा खानेपानी समस्या समाधान हुने बताइन् । उनले मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा खटिने कर्मचारी, विकास निर्माणमा लाग्ने प्राविधिक, मजदुर लगायत सबैलाई धन्यवाद दिएकी थिइन्।

Facebook Comments Box
Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares