माधव समुहले उदयपुरमा समानान्तर कमिटी गठन गर्ने
काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल समुहले उदयपुरमा समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुरमा भोली शनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको हो ।
पार्टीमा विवाद बढ्दै जाँदा नेपाल पक्ष देशैभर र प्रवासमा समेत समानान्तर कमिटी गठन गरी अघि बढ्ने बताएको छ। नेपाल पक्षले जिल्ला कमिटी निर्माणमा तीव्रता दिएको छ।समानान्तर कमिटी गठन गर्ने माधव नेपाल पक्षको यो कदमलाई धेरैले पार्टी विभाजन या अलग पार्टी बनाउने योजनाको पूर्वाभ्यासका रूपमा बुझेका छन् ।
बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका इन्जार्ज पाण्डेय उपस्थित भएर गण्डकीका जिल्लाहरूमा इन्चार्ज, अध्यक्ष र सचिव समेत चयन गरिएको छ।
Facebook Comments Box