अब प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा गृहमन्त्रालय

अब प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा गृहमन्त्रालय

काठमाडौं। गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ।प्रधानमन्त्रीको कार्यालय पुनःनिर्माण भएको आफ्नो पुरानो भवनमा गएपछि गृहमन्त्रालय त्यहाँ सार्न लागिएको हो।

२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो।सिंहदरवारको जिर्णोद्धार गरेपछि करिव डेढ महिना अघि प्रधानमन्त्री कार्यालय उक्त भवनबाट सरेर सिंहदरवार गएको थियो।

हाल गृहमन्त्रालय रहेको भवन भत्काएर नयाँ बनाउने सरकारको तयारी छ। गृहमन्त्रालयका केही भवनहरु पुनःनिर्माणमा पनि गरिने भएका छन्। आज गृहमन्त्री रामबहादुर थापाले शुक्रबार गृह मन्त्रालय सर्न लागेको भवनको निरीक्षण गरेका थिए।

Facebook Comments Box
Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares