गोकुलको प्रश्न नेपाललाई: एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने ?

गोकुलको प्रश्न नेपाललाई: एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले निलम्बित नेता माधवकुमार नेपालसँग एमालेमा बस्ने, माओवादीमा जाने वा फेरि मुद्दा हाल्न जाने तीन विकल्पमात्र रहेको टिप्पणी गरेका छन् । बाँस्कोटाले आफ्नै पार्टीका नेता नेपाललाई केपी ओली नेतृत्वको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने ? भनेर प्रश्न गरेका हुन।

सर्वोच्च अदालतले प्रचण्ड-माधवको सल्लाह अनुसार गरिएको पुनरावलोकनको निवेदन अश्वीकार गरेपछि प्रतिक्रिया दिँदै बास्कोटाले नेपाल समूहलाई व्यंग्य गर्दै ‘आफ्नै विधिवाला गुट बनाउन पाउँ भन्दै मुद्दा हाल्न जाने कि ? लौन न निर्णय पाउँ’ भनेका छन् । पार्टीमा विधिपद्धतिको माग गर्दै नेपाल पक्षले ओलीका निर्णय अश्वीकार गरेको सन्दर्भमा बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन्–”भैगो ल,एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे।अनि प्रचण्डको छुट्टै गुट छदै थियो।आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने?लौन!निर्णय पाउँ।

Facebook Comments Box
Share This
  • 268
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    268
    Shares