गुटबन्दी गरेर ओलीले नवौँ महाधिवेशनमा पार्टी कब्जा गरे-  सुरेन्द्र पाण्डे

गुटबन्दी गरेर ओलीले नवौँ महाधिवेशनमा पार्टी कब्जा गरे- सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका नेता सुरेन्द्र पाण्डेले यो कदम पूर्वनियोजित र अपेक्षित नै रहेको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरे पनि फेसबुक स्टाटसमा पाण्डेले पार्टी अध्यक्ष ओली लामो समयदेखि गुटपरस्त मानिस रहेको आरोप लगाएका छ ।

उनले सामाजिक सन्जाल लेखेका छन ‘गुटबन्दी गर्दै गर्दै गएर ओलीले नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । एमाले र देशको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नुभएको छ ।’

नेता पाण्डेले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने बताउँदै यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताएका छन । साथै उनले घोषणा पत्रमार्फत गरिएका वाचा, समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पूरा गर्न थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्ने बताएका छन।

Facebook Comments Box
Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares