नेपालमा थप एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा थप एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा २४ घण्टामा थप एक सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार दुइ सय १३ जनाको पिसिआर परीक्षण गर्दा एक सय ५२ जना नयाँ संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

साथै ६५ जना कोरोनामुक्त भएको पनि मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै पछिल्लो २४ मा एक जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मन्त्रालयको विवरणअनुसार अहिले देशभर ६३ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै १ हजार ५ सय ७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •