माओवादी केन्द्रको बैठक सकियो

माओवादी केन्द्रको बैठक सकियो

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्र स्थायी समितिको अनौपचारिक बैठक समसामयिक विषयमा छलफल गरी टुंगिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सदस्यहरू देव गुरुङ, कृण्णबहादुर महरा,पम्फा भुसाल, लीलामणि पोखरेल,मात्रिका यादव,जनार्दन शर्मा,गिरिराजमणि पोखरेल,वर्षमान पुन,देवेन्द्र पौडेल, हरिबोल गजुरेल,शक्ति बस्नेतको उपस्थिति थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको आजको अनौपचारिक बैठकले भोलि ९ बजे औपचारिक बैठक बोलाउने निर्णय गरेको छ । उहाँका अनुसार आजको बैठकमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमसँगै विभिन्न राजनीतिक पार्टीसँग भएको वार्ताबारे छलफल भएपनि ठोस निर्णय भोलिको बैठकले गर्ने बताइएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •