सैनामैना नगरपालिकामा घुसले सनसनी

सैनामैना नगरपालिकामा घुसले सनसनी

रुपन्देहीको सैनामैना नगरपालिकाका एक जनप्रतिनिधिमाथि घुस लिएको आरोप लागेको छ । वडा नं २ का वडासदस्य थानेश्वर गिरीले नागरिकता बनाइदिने भन्दै एक सेवाग्राहीसंग घुसको मोलमोलाई गरेको खुलासा भएको छ ।

पीडित पक्षले छानविनका लागि भन्दै वडा कार्यालयमा दिएको निवेदनमा सोमनारायण थारूलाई नागरिकता निकालिदिन्छु भनेर गिरीले दश हजार मागेको उल्लेख छ । निवेदनमा वडासदस्य गिरीमाथि तत्काल कारवाही गर्न माग गर्दै वडाअध्यक्ष कामदेव भुसालको ध्यानाकर्षण गराइएको छ ।

वडाध्यक्ष भुसालले पनि गिरीविरुद्ध निवेदन परेको स्वीकार गरे । उनले आरोपित वडासदस्यले घुस लिए नलिएको बुझ्न छानबिन समिति गठन गरिने जानकारी दिए ।

आरोपित गिरीले भने घुस नमागेको जिकिर गरेका छन् । उनले नागरिकता लिनका लागि जनप्रतिनिधिको हैसियतले सहजिकरण गरेको तर रकम नमागेको बताए। ‘मैले उहाँलाई सहयोग गरेको हो,उहाँसँग कुनै रकम लेनदेन गरेको छैन’, उनले भने । घुस लिएको सबुत प्रमाण पेश गर्न चुनौती दिँदै उनले दोषी ठहर भए कारवाही भोग्न तयार रहेको बताए ।

जनप्रतिनिधिले घुस लिएको खबर बाहिरिएपछि वडावासी आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले बिहीबारसम्म सत्यतथ्य छानबिन गरी टुंगो नलगाए वडा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् ।

Facebook Comments Box
Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares