ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन

ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन

काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो ।

एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन । फेरी उनिहरुलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ दिएका थिए ।उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन्।

यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए। नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

बिहीबार निलम्बन गरिएको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

Facebook Comments Box
Share This
  • 158
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares