कता हरायो नेपालीको सँस्कार ?

कता हरायो नेपालीको सँस्कार ?

काठमाण्डौ उपत्यकाका आकाशे पुलहरुबाट अहिले बाटो काट्न नाकमा कपास कोच्दै आँखामा कालो मास्क लगाउनुपर्ने भएको छ ।

उपत्यकाको काठमाण्डौँ,भक्तपुर र ललितपुरका केही आकाशे पुलहरु सार्वजनिक शौचालयमा रुपान्तरण भएका छन् । दक्षिण एसियाकै पहिलो खुल्ला दिशामुक्त देश बनेको नेपालको राजधानीका सार्वजनिक स्थलहरुमा हुने यस्ता खालका गतिविधिले देशभरको अवस्थालाई मज्जैसँग चित्रण गर्दछ ।

वि.सं.२०७६ भाद्र ३१ गते काठमाण्डौलाई खुल्ला दिशामुक्त शहर घोषणा गरिए पनि कार्यान्वयनमा समस्या आएको देखिन्छ । सडक–सडकमा सार्वजनिक शौचालयको विकास हुँदाहुँदै पनि सडक,आकाशेपुल लगायत अन्य सार्वजनिक स्थलमा हुने यस्ता अनैतिक क्रियाकलापले सरकारले गर्ने घोषणा र काट्ने रिबनमा अगाडि रहेको र कार्यान्वयनतर्फ भने लाचार रहेको आकलन गर्न सकिन्छ ।

राजधानीसहित शैक्षिक र चेतनामुलक स्तरले अगाडि रहेको उपत्यकामा अझैसम्म नरोकिएको खुल्ला दिशा पिसाब गर्ने नेपालीहरुको बानी झन शैक्षिक र चेतनाको स्तरको कमि भएको ठाउँमा कस्तो होला ? भन्ने प्रश्न उठ्न थालेको छ ।

Facebook Comments Box
Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares