अग्निपिडितलाई काँग्रेस बेलबारीको सहयोग

अग्निपिडितलाई काँग्रेस बेलबारीको सहयोग

बेलबारी ।आगलागीमा परेर ठुलो क्षति बेहोरेकी बेलबारी १ सिसौली टोलकी सुभद्रा कार्की बुढाथोकीलाई नेपाली काँग्रेस बेलबारीले आर्थिक सहयोग गरेको छ ।

चैत्र १५ गते मध्यराति बुढाथोकीको गुवालीमा आगलागी हुदा पराल, सो भित्र बाँधेर राखिएका बाख्राका पाठा र खसी, काठपात लगायतका सम्पुर्ण जलेर नष्ट हुँदा ४ लाख ५० हजार बराबरको क्षति भएको थियो ।

पिडितलाई स्थानीय नेपाली कांग्रेसको तर्फबाट १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको नेपाली काँग्रेस बेलबारी १ का सभापती बाबुराम श्रेष्ठले बताए । बुधबार साँझ सो रकम हस्तान्तरण गरिएको बेलबारी ३ का सभापति शेषराज घिमिरेले जानकारी दिए । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares