माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौँ  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता हिमाल शर्माले जानकारी दिनुभयो ।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको उहाँको भनाइ छ। फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।

बुधबार संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क गर्नुभएको थियो ।

Facebook Comments Box
Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares