यौनसम्बन्धका लागि एलियनले सयौं मानिसको अपहरण गरेको दावी

यौनसम्बन्धका लागि एलियनले सयौं मानिसको अपहरण गरेको दावी

एजेन्सी। अर्कै ग्रहबाट पृथ्वीमा आएका एलियनहरुले पछिल्लो २० वर्षको अवधिमा सयौं पृथ्वीका मानिसहरुलाई अपहरण गरेको एक अनुसन्धानले दावी गरेका छन् । अनआइडेन्टिफाइड फ्ल्याइङ अब्जेक्ट (युएफओ)का विषयमा अनुसन्धान तथा लेखन गर्ने लेखकले आफ्नो नयाँ किताबमा यस्तो दावी गरेका हुन् । यसरी लगिएका मध्ये एक जना सुन्दर देखिने र मित्रवत व्यवहार भएका पृथ्वीबाहिरका गोरा प्राणीले अपहरण गरेका बेलायती पनि छन् ।

द सनको रिपोर्टअनुसार सन् २०१४ देखि अहिलेसम्म कूल २ सय २२ जनाले आफूलाई एलियनले अपहरण गरेको भनेका छन् । ‘कैयौंले आफुहरुसँग एलियनहरुले यौनजन्य व्यवहार गरेको स्मरण गर्छन्’ युएफओज इन द लेट ट्वेन्टीथ सेन्चुरी नामक पुस्तकका लेखक जेरोम क्लार्कले किताबमा लेखेका छन् । उनले किताबमा अस्ट्रेलियाली पिटर खुरीबारे पनि उल्लेख गरेका छन् जसले गोरा एलियनलाई १९९२ मा सिड्नीमा भेटेको बताएका थिए ।

जेरोमले लेखेका छन् ‘उनी आफ्नो ओच्छ्यानमा २ जना अनौठा महिला घुँडा टेकेर बसेको देख्दा चकित भएका थिए । दुवै नग्न थिए । एउटी नोर्डिकजस्ती र अर्की एसियाली जस्ती देखिन्थे ।’ किताबमा ती नोर्टिक महिलाले पिटरको टाउको तीन पटकसम्म आफ्नो स्तनतर्फ तानेको र पिटरले निप्पल टोकेको उल्लेख छ । ती महिलाले पिटरसँग यौन सम्बन्ध राख्न चाहेकी थिइन् तर अचानक आफ्नो कैलौ कपल छाडेर गायब भइन् ।

यसले मानिसहरुलाई एलियनको कथामा विश्वस गर्न सहज बनायो । उक्त कपालको जाँच गर्दा त्यसमा एसियाली र गेलिक उन्नत डिएनएको हाइब्रिड पाइएको थियो । अमेरिकाको इण्डिपोलिसकी एक महिलाले पनि आफू पानीजहाजमा हुँदा आफूलाई एक एलियनले गर्भवती बनाएको र महिनौंपछि भ्रुण लिन आएको दावी गरेकी थिइन् । ती महिलाले पछि एलियनहरु आएर आफूलाई साथमा लगेर आफ्नो आधा मानिस र आधा एलियन छोरीसँग परिचय गराएको दावी गरेकी थिइन् ।

जेरोमले किताबमा अगाडि लेखेका छन् ‘उनीहरुको पहिरन सामान्य ढाक्ने वा वनपिस जम्पसुट हुन्छ । जो स्किन टाइट हुन्छ र उनीहरु नग्नजस्तै देखिन्छन् वा नग्न नै हुन्छन् । अपहरण कुनै पनि ठाउँमा हुन सक्छ र यो २० मिनेटदेखि ५ दिनसम्मको हुन सक्छ ।

सामान्य अवधि १ घण्टादेखि ३ घण्टासम्मको हुन्छ र अनिवार्य रुपमा रातमा हुनुपर्छ । एउटा प्रमुख प्रक्रिया भनेको प्रजनन अंगको निरीक्षण हुन्छ र धेरैजसो यस क्रममा वीर्य वा अण्ड निकालिन्छ ।’

Facebook Comments Box
Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares