एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक वाङ पक्राउ

एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक वाङ पक्राउ

प्रहरीले एटिएम ह्याक गरी रकम निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैङ्कको एटिएम बुथबाट अनाधिकृतरुपमा रकम झिकेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिक २९ वर्षीय वाङ सिआओलङलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो।उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।

उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको छ। ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ।

उनले चीनमा हुँदै होटल बुक गरेका थिए।विगत केही वर्षयता चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो। ‘विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको बतायिएको छ।

Facebook Comments Box
Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares