नेकपाकालिन गुटबन्दी र पार्टीविरुद्ध समानान्तर कमिटी गठन गर्नु भन्दा बरु अर्को पार्टी खोले हुन्छ- प्रदीप ज्ञवाली

नेकपाकालिन गुटबन्दी र पार्टीविरुद्ध समानान्तर कमिटी गठन गर्नु भन्दा बरु अर्को पार्टी खोले हुन्छ- प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्षका समानान्तर गतिबिधि स्वीकार्य नहुने प्रष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले एमालेमा फर्केर पनि नेकपाकालिन गुटबन्दी र पार्टीविरुद्ध समानान्तर कमिटी गठन गर्नुभन्दा अर्को पार्टी खोल्न सुझाव दिएका छन ।

साथै पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । ‘नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो’ ज्ञवालीले भने नेकपा एमालेको नाममा गरिने समानान्तर गतिबिधि पार्टीले सहदैन ।

त्यो भनेको घोषित पदमा पार्टीलाई विभाजन गर्ने कुरा हो । उहाँहरुलाई एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्न वा उहाँहरुसँग हिमचिम भइरहेको पार्टीसँग जोडिन सक्नुहुन्छ ।प्रवक्ता ज्ञवालीले समानान्तर गतिबिधि जारी राखे पार्टीले माधव नेपालमाथि थप कारवाही गर्ने चेतावनी समेत दिएका छन्। एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने गतिविधि गरे कारबाही हुने ज्ञवालीले चेतावनी दिए ।

‘घर त्यहाँ हुन्छ जहाँ मन बस्छ भन्छ नि । मन बस्ने ठाउँमा नै संगठनको गतिविधि गर्ने हो’ ज्ञवाली भन्छन्, ‘एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने काम गर्न मिल्दैन । त्यो कारबाहीको विषय हो ।’ पत्रकारसँग कुरा गर्दै ज्ञवालीले नेपाल पक्षलाई एमाले हौं भन्नै लाज लागेको र अदालतले घोक्र्याएर पठाएको भन्नुले पनि त्यो पुष्टि हुने बताए ।

Facebook Comments Box
Share This
  • 187
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    187
    Shares