नेपालको वायुमण्डल आजबाट केही सुधार हुदै जाने

नेपालको वायुमण्डल आजबाट केही सुधार हुदै जाने

काठमाडौं । आजबाट नेपालको वायुमण्डलमा आजबाट केही सुधार हुदै जाने भएको छ । यसले गर्दा काठमाडौं उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसमविद्ले जनाएका छन् । भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ ।

तर, वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ‘आज केही सुधार देखिएको छ तर, भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको छ’, मौसमविद् श्रेष्ठले भन्नुभयो ‘यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ ।

भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको छ ।’ मौसमविद् श्रेष्ठले अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको बताउनु भएको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने भएको हो । उहाँका अनुसार भोलि फेरि वायुमण्डल स्थिर रहने अनुमान छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना छैन ।

तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने उहाँको भनाइ छ । ‘तुवाँलो हट्दैन भन्ने त होइन, तर यो हट्न समय भने लाग्छ’, उहाँले भन्नुभयो, ‘केही दिन पछि पश्चिमी वायुको प्रभाव नेपालमा पर्ने सम्भावना देखिन्छ । पश्चिमी वायुको प्रभाव परेपछि मौसममा सुधार आउँछ ।’

Facebook Comments Box
Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares